शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • 708
  •  
  •  
  •  
  •  
  •  
  •  
    708
    Shares

बिहीबार २२ साउन २०८२

काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–१५ बस्ने म्याग्दी मंगला गाउँपालिका–४ घर भएका ३६ वर्षीय नरबहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका–२ बस्ने पाँचथर फिदिम नगरपालिका–१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।

पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रकाउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरबहादुरलाई काठमाडौं महानगरपालिका–११ बाट र उमेशलाई टोखा नगरपालिका२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । source purbelinews

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x