शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव  निर्वाचित

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

 

मङ्गलबार २० साउन २०८२

काठमाडौँ / जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् ।

मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।

यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरेका छन् ।

जिल्ला सचिवमा नीरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।

श्रावण १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेसँगै सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुङ्गो लगाएको छ ।

जिल्ला कार्यसमितिका सदस्यहरूको निर्वाचन सम्पन्न भएपनि आज दिउसोदेखि उनीहरूको मतगणना सुरु हुने बताइएको छ । रातोपाटीबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x