बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

रास्वपाको सचिवालय बैठक आज बस्दै

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

सोमबार १४ माघ २०८१

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन्।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता विषयमा, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेन्डा रहेको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x