शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिदै पन्छिए रञ्जिता 

  • 691
  •  
  •  
  •  
  •  
  •  
  •  
    691
    Shares

आइतबार ११ साउन २०८२

काठमाडौं /  नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदै  पन्छिएकी छन् । केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै उनले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।

नाउपाका बहुमत केन्द्रीय समिति सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको सन्दर्भमा कार्यवाहक तोकेर रञ्जिता पन्छिएकी हुन् । बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । केन्द्रीय समिति बैठक नबोलाए थप निर्यय लिने उनीहरुको चेतावनी रहेको थियो । उनले आफ्ना सबै अधिकार कार्यवाहक अध्यक्ष बास्तोलालाई प्रत्यायोजन गरेकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x