शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

घुससहित कल्याणपुर नगरपालिकाका मेयर साह पक्राउ 

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

बुधबार ३२ असार २०८२

सिरहा / सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकम सहित रंगेहात पक्राउ परेको छ । उनी एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x