सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रास्वपालाई प्रचण्डको चेतावनी : ‘दुई तिहाइलाई अहंकारको मलखाद नबनाउनुस्’

  • 42
  • 9
  •  
  • 12
  •  
  •  
  •  
    63
    Shares

मंगलबार २९ बैशाख २०८३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त विशाल जनमतलाई अहंकारमा परिणत नगर्न चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले हारभन्दा जित पचाउन गाह्रो हुने उल्लेख गर्दै विगतको नेकपाको अनुभवबाट सिक्न आग्रह गरे।
उनले भने, “हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। संख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ। हामी पनि यही आकारको बहुमतमा थियौँ, तर आफ्नै कमजोरीका कारण टिक्न सकेनौँ।”
प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गरिब, सुकुम्वासी र निमुखा जनतामाथि अन्याय भइरहेको आरोप लगाए। बिना विकल्प बस्ती हटाउने काम लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ थियो।
“जनतालाई उठिवास लगाएर लोकतन्त्रको सर्भिसिङ हुँदैन,” उनले भने, “सुकुम्वासी समस्या वैज्ञानिक र व्यवस्थित ढंगबाट समाधान गर्नुपर्छ।”
उनले अहिलेको समावेशी संसद जनयुद्ध, जनआन्दोलन र विभिन्न राजनीतिक संघर्षको उपलब्धि भएको उल्लेख गर्दै त्यसको अपमान नगर्न आग्रह गरे। विद्यार्थी संगठन, ट्रेड युनियन र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई उनले ‘प्रतिगामी कदम’को संज्ञा दिए।
प्रचण्डले सरकारले संसद छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको, आलोचकलाई पक्राउ गरेको तथा प्रेस स्वतन्त्रता कमजोर पार्ने प्रयास गरेको आरोप पनि लगाए।
संविधान संशोधनका विषयमा उनले राष्ट्रिय सहमति, पारदर्शिता र लोकतन्त्र सुदृढ हुने आधारमा मात्रै अघि बढ्नुपर्ने धारणा राखे।
नीति तथा कार्यक्रममा दलित, मधेशी, जनजाति, थारु, कर्णाली र सुदूरपश्चिमका मुद्दा ओझेलमा परेको भन्दै उनले सरकारको आलोचना गरे।
सम्बोधनको अन्त्यमा उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सहकार्यको राजनीतिमा जोड दिँदै सरकारलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x