मंगलबार २४ असार २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा सँगै गएका केही मान्छे उतै बसेको बताएकी छन् । आज (मंगलबार) प्रतितिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोह पनि सक्रिय रहेको बताईन् ।
‘प्रधानमन्त्री स्वयं जानुभएको स्पेनको कार्यक्रममा समेत केही मान्छेहरु कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने समाचार पनि आएका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन । तर, यो विषय अत्यन्तै गम्भीर विषय हो,’– उनले भनिन् ।
उनले. नागरिक बेच्निु र कसैको गलत कार्यले नेपालको छवि घट्नुुलाई सामान्य विषय मान्न नसकिने बताईन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति अनिवार्य बन्नुपर्ने उनको माग छ ।







WRITE COMMENTS FOR THIS ARTICLE