आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

Spread the love

sharethis sharing button

बिहीबार १९ असार २०८२

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ।

कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो।

उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गत जेठ ४ गते मन्त्री बनेका थिए ।

केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए।

उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालय आफैँसँग राखेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x