सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रभु साहले आगो बल्ने चेतावनी दिएसंगै देशैभरी आजपाले जलायो निजामती विधेयक

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

सोमबार १६ असार २०८२

काठमाडौं / प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशैभरी जलाएको छ । यो विधेयक श्रेणीविहीन, गरिब, निमुखाको पक्षमा नरहेको निष्कर्ष सहित आजपाले अस्वीकार गर्दै विरोधमा उत्रेको हो ।

आज (सोमबार) आजपाले देशैभरी विधेयकको प्रति जलाएर विरोधमा उत्रेका छन् । सो विधेयक आईतबार प्रतिनिधिसभाबाट पारित भएको थियो । बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निजामती विधेयक ‘गरिबमारा’ भएको टिप्पणी गर्दै विधेयकको प्रति नै च्यातेर बैठक समेत बहिष्कार गरे ।

निजामती विधेयक गरिबमारा भएको भन्दै आजपा अध्यक्ष साहले रोष्ट्रमबाटै च्यातेर बैठक बहिष्कार गर्दै यो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी समेत दिएका थिए । गरिबको भविष्य कत्लेयाम गर्ने निजामती विधेयक आजपा अध्यक्ष साहले अस्वीकार गरेपछि आजपा नेताकार्यकर्ताले त्यसलाई जलाउँन सुरु गरेका हुन् ।


काठमाडौंको भृकुटीमण्डप, थापाथली, धनुषाको जनकपुरधाम, रौतहटको गरुडा, सर्लाहीको मलंगवा, ब्रह्मपुरी, बाराको कलैया, पर्साको वीरगंज, कास्कीको पोखरा, सुनसरी, बाँकेको नेपालगंज, रुपन्देहीको लुम्बिनी, पाल्पाको तानसेन, महोत्तरीको जलेश्वर सहित बिभिन्न ठाउँमा प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति जलाएर आजपाले विरोध गरेको आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले जनाएका छन् ।
यो विधेयकले गरिब, अशिक्षित नेपाली जनतासंग अन्याय गरेकाले आफूहरु बिरोधमा उत्रेको साहले जनाएका छन् । श्रेणीविहीन कर्मचारीको हकअधिकारको बारेमा केहीपनि उल्लेख नहुने निजामती विधेयक आफूहरुलाई स्वीकार्य नभएको उनले बताए ।


सरकारी सेवा गरिबलाई मात्रै किन प्रवेश निषेध गरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘गरिबलाई लोक सेवाबाट किन बञ्चित गरेको ?’ नेपालको संविधानले समान्तालाई मौलिक हक भनेको बताउदै साहले गरिबसंग विभेद गर्नेगरी विधेयक किन ल्याएको भन्दै यसलाई आफूहरुले स्वीकार नगर्ने बताए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x