एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा


शुक्रबार १३ असार २०८२
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE