भ्रष्टाचार, अनियमितता र कर आतंक बिरुद्धको आन्दोलनमा होमिदै आईटी आर्मी

शुक्रबार १३ असार २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) निकट भातृसंगठनको आईटी आर्मीले भ्रष्टाचार, अनियमितता, सरकारपिच्छेको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा शसक्त आन्दोलन गर्नुअघि काठमाडौं उपत्यकाको तीनवटै जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
आज (शुक्रबार) आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज आर्या पाण्डे र अध्यक्ष टैसन लामाको संयुक्त हस्ताक्षरमा जारी बिज्ञप्ती अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी पुनर्गठन गरिएको हो । पुनर्गठित एवं बिस्तारित कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शुभकामना व्यक्त गर्दै आन्दोलनको तयारी जुटन निर्देशन दिएका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुरको तीनवटै जिल्ला कमिटीका पदाधिकारीको संयुक्त बैठक शनिबार काठमाडौंमा बस्दैछ । सो बैठकले आन्दोलनको तयारी, रणनीति लगायतका बिषयमा बृहत छलफल गर्दै अगाडी बढने आईटी आर्मीका उपत्यका इन्चार्ज आर्या पाण्डेले जनाएका छन् ।
आईटी आर्मीको काठमाडौं जिल्लामा पुनर्गठित कमिटीको अध्यक्षमा पवन शर्मा, उपाध्यक्षमा राजन कार्की, आदित्य राउत, सचिवमा उज्वल शर्मा, सहसचिवमा अरुण यादव, विगन यादव र कोषाध्यक्षमा प्रिती यादव रहेका छन् । काठमाडौं जिल्लामा १ सय ४१ सदस्य कमिटी रहेको छ ।
ललितपुर जिल्ला कमिटीको अध्यक्षमा अमरेन्द्र पण्डित, उपाध्यक्षमा आर्यन सिंह, राजिम यादव अरुण चौधरी, सचिवमा नवलेस कुमार, सहचिवमा विवेक थापा मगर, संजयकुमार साह, रोशन साह र कोषाध्यक्षमा मिरा डंगोल रहेका छन् । ललिपुरमा १ सय ४१ सदस्यीय कमिटी रहेको छ ।
यसैगरी, भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा दिपेश यादव, उपाध्यक्षमा आकाश यादव, चन्द्रिका कुमार यादव, सचिवमा रविकुमार यादव, सहसचिवमा रुपेश पटेल, अरनिको गुप्ता, धर्मेन्द्र यादव र कोषाध्यक्षमा अंकित गुप्ता रहेका छन् । भक्तपुरमा ९९ सदस्यीय जिल्ला कमिटी बिस्तार गरिएको काठमाडौं उपत्यका इन्चार्ज पाण्डेले जनाएका छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE