शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

१० रुपैयाँका नयाँ नोट १० लाख थान आजदेखि चलनचल्तीमा

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौँ / नेपाल राष्ट्र बैंकले असार २ (आज) देखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा नम्बर द३२ ०००००१ देखि प९४ ९९९९९९का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ टेन तथा मिति लेखिएको छ ।कान्तिपुर बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x