मङ्गलबार २० जेठ २०८२
काठमाडौ / यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।
उनले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए ।
Source news of nepal







WRITE COMMENTS FOR THIS ARTICLE