सोमवार, माघ २०, २०८२
Monday, February 2, 2026

प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

सोमबार १९ माघ २०८२
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार २५ जिल्लाका लागि आवश्यक मतपत्र छापिसकिएको छ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको जनाएको छ। यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्रसमेत छापिसकिएको आयोगले जनाएको छ। निर्वाचन शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ।
ती सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स (ट्विटर), टिकटक तथा युट्युवमार्फत सार्वजनिक गरिएका छन्। मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक र विश्वासयोग्य सूचना प्रदान गर्न सहयोग पुग्ने आयोगको विश्वास छ। साथै, मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख एवं प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।
उक्त कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको समग्र वातावरण, आयोगबाट गरिएका तयारी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x