काठमाडौ / आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्डमाथि नेपालले कीर्तिमान जित निकालेको छ ।
स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डलाई नेपालले १ विकेटले जित निकालेको छ ।
स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो ।
करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालको जितमा करण केसी नायक बने ।
करण ६५ रनमा अविजित रहे । ४१ बल खेलेका करणले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै, ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान दिए ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफले २० रनको योगदान दिए ।
यसैगरी, गुल्सन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रनको योगदान दिए ।
स्कटल्यान्डका लागि ब्रेण्डन मक्कमलानले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २-२ तथा जसपर डेभिडसनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार पारेको थियो । स्कटल्यान्डका लागि चार्ल्स टेयर्सले सर्वाधिक ८० रन जोडे ।
फेन्ली म्याक्रिथले ५५, कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९, ब्रेण्डन मक्कमुलनले १९, रमाइकल लिस्कले १८ र जर्ज मुन्सी १२ रन जोडे ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए । नेपालले अब अर्को खेल नेदरल्यान्डससँग २१ जेठमा खेल्नेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE