सोमबार १९ जेठ २०८२
काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्न आग्रह गरेका छन ।
उनले विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाउदै प्रधानमन्त्री ओली विभिन्न विवादास्पद काण्ड र व्यापारिक समूहको स्वार्थमा लागेको आशय व्यक्त गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टी-स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू-टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी जहाज खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै ‘झोले’ को संज्ञा दिएका छन ।
शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू-टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”
उनले अगाडि लेखेका छन्, “तर प्रधानमन्त्री ज्यू … भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।” राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेपछिको प्रतिक्रियाका रूपमा आएको हो।
प्रधानमन्त्री ओलीको उक्त पोस्टपछि विभिन्न राजनीतिक व्यक्तित्व तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE