सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिदैन : प्रभु साह

शुक्रबार १९ बैशाख २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।
उनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रमले मुलुकलाई निकास नदिनेपनि ठोकुवा गरेका छन् ।
नीति तथा कार्यक्रमबारे संघीय संसद भवन बानेश्वरमा प्रतिक्रिया दिने क्रममा साहले यसले देशलाई निकास दिन नसक्नेमात्रै नभएर ‘क्यान्सरको रोगाीलाई टिबीको औषधी’ को संज्ञा दिएका छन् ।
उनले आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम गत वर्षकै कार्यक्रमलाई ८०%कपी पेष्ट गरिएको पनि आरोप लगाएका छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE