शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

ऐतिहासिक पर्यटकीय स्थल सलहेश फुलवारीमा अम्बेडकर पार्क बनाउन खोज्नु गलत : श्रवण थारु

  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

 

मङ्गलबार १६ बैशाख २०८२

सप्तरी / थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण थारुले सिरहाको लहानदेखि पश्चिम पौराणिक ,ऐतिहासिक पर्यटकीय स्थल सलहेश फुलवारीमा अम्बेडकर पार्क बनाउन खोज्नु गलत रहेको बताएका छन ।

उनी समाजिक संजाल मार्फत स्टाटस लेख्दै डा.सि के राउतले थारुहरुको थालथलोमा रहेको प्रसिद्ध धार्मिक, पौराणिक ,ऐतिहासिक पर्यटकीय स्थल सलहेश फुलवारी मा अम्बेडकर पार्क बनाउन खोज्नु गलत रहेको र यो ईतिहासकै सबै भन्दा ठुलो भुल हुनेछ।

उनी लेख्छन् थारु समुदायको संरक्षणमा रहेको यो ईतिहास माथी भएको प्रहार प्रती हाम्रो ध्यानाकर्षण भएको छ र यसरी थारु समुदाय माथी भैईरह्ने सबै किसिमको प्रहारहरु प्रति हामी सचेत छौं ।
सिके राउतजिले गरेको यो कदम सतप्रतिशत गलत छ। सच्चीन सकिने गलती भएकोले एक मौका सि के राउतले पाउनेछ। सलहेस फुलवारीलाई अरु कुनै इतिहाससंग तुल्ना नगरी सलहेस फुलवारीकै नाममा बिकास गरियोस् यो आम स्थानीय जनताको तर्फबाट निर्देशन हो। अन्तमा यो बिदेशी हस्तक्षेप नरोकिए सिके राउत जि यसको ठुलो प्रतिकार हुनेछ । यसको मुल्य चुकाउन सिलान्यास गर्ने गराउने सबै पक्ष तयार हुनुपर्दछ। बिदेशी ईसारामा चल्नेहरुलाई हेक्का होस् ।हामी चेतावनी दिनचाहन्छौं।
संयोजक , श्रवण थार
थरुहट थारुवान राष्ट्रिय मोर्चा ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x