शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

राष्ट्रपतिले संसद्लाई १९ गते सम्बोधन गर्नुहुने

Spread the love

मङ्गलबार १६ वैशाख २०८२

संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको उहाँले बताउनुभयो । मन्त्रीपरिषद् बैठकले विभिन्न मन्त्री र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री गुरुङले सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधि सहमतिनजिक पुगेको दाबी गर्नुभयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घका प्रतिनिधिबिच निरन्तर छलफल भएकाले छिट्टै सहमति हुन सक्ने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मङ्गलबार वा बुधबारसम्म शिक्षा मन्त्रालय र शिक्षकबिच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।   गोरखापत्रबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x