शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

राजावादीको प्रदर्शनबाट भएको क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

शुक्रबार १५ चैत २०८१

काठमाडौं / सरकारले राजावादी समूहको आन्दोलनको क्रममा भएको क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने बताएको छ । आज (शुक्रबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलनको सबै क्षतिको जिम्मेवार प्रसाईँलाई बनाइने बताएका हुन् । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याइने बताए ।

‘आन्दोलनको नेतृत्व चाहीँ दुर्गा प्रसाईँले गरेको हुनाले मूलभूत रुपमा उहाँ नै आजको यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । आज जति पनि क्षति भएको छ, यो क्षतिको पूर्ण रुपमा जिम्मा पनि आयोजकको तर्फबाट उहाँहरुले लिनुपर्छ । मानिसहरु तत्काल पक्राउ परेनन्, छुटिहाले, अब यत्तिकै हो भन्ने अवस्था छैन,’– उनले भने ।

राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x