शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कुलमानलाई हटाएको विरोधमा राजधानीमा विरोध प्रदर्शन

  • 171
  •  
  •  
  •  
  •  
  •  
  •  
    171
    Shares
मङ्गलबार १२ चैत २०८१

काठमाडाैं / कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गराैं, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार बिरोध चर्का नारा लगाएका थिए।

माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो। स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x