आर्यन सिग्देल र बिना राउतको ‘होली सररर’ सार्वजनिक (भिडियो सहित )


शनिबार २४ फागुन २०८१
काठमाडौ / आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक भएका छन ।
गायक रुद्रसेन विश्वकर्माको होली गीत ‘होली सररर’ गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय रहेका छ्न । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।
होलीलाई अझ रमाइलो र होलि पर्व लक्षित विशेष मनोरञ्जन बनाउनका लागि ‘होली सररर’ तयार पारेको रुद्रसेनले बताए ।
गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको जानकारी गराएका छन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE