मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं / काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेपछि सो क्षेत्रमा सडक अवरुद्ध भएको छ।
थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा पसेको छ। त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन्।
कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ। यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE