सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

संस्कृति मन्त्री ज्‍यूले नदेखेझै गरेर थारू भाषालाई झिकेर विधेयक पेश: राजकुमार लेखी

  • 246
  •  
  •  
  •  
  •  
  •  
  •  
    246
    Shares

 

बुधबार ९ माघ २०८१
जनकपुर / मधेश प्रदेशका गृह तथा सञ्‍चारमन्त्री राजकुमार लेखीले थारू भाषालाई लत्याएर विधेयक ल्याएको बताएका छन् ।
विधेयकमा थारु भाषालाई लत्याएर सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई मात्र समेटिएकोमा आपत्ति जनाएको छ ।
उनले भने, ‘ मैले मन्त्रिपरिषद्‌को बैठकमा पटक पटक रातो कलमले घेरा गरेर थारू भाषा राख्‍ने आग्रह गरे। तर संस्कृति मन्त्री ज्‍यूले नदेखेझै गरेर थारू भाषालाई झिकेर विधेयक पेश गरिदिनुभयो।’
सरकारी कामकाजको भाषाबारेको विधेयकमा अब संशोधन दर्ता गर्ने उनको भनाइ छ । ‘मधेशका सप्तरी, सिरहा, महोत्तरी, बारा र पर्सामा थारू भाषा बोल्‍ने अधिकांश ठाउँमा कसरी मैथली र भोजपुरी लागू हुन सक्छ ? यो त थारू भाषीमाथिको अन्याय हो। हामी थारू भाषा सरकारी कामकाजको भाषा बनाइयोस भनेर संशोधन दर्ता गर्छौं।’

बैठकमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले सदनमा उक्त विधेयक पेश गरेकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x