शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

शुक्रबार १९ पुस २०८१

पाेखरा / सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फवाट बहस जारी रहनेछ। हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फवाट बहस आज पनि जारी रहने भएको हो।

गत बुधवारसम्म सो मुद्दामा प्रतिबादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो।

हिजो जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए।

जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।

त्यसो त बुधबारसम्म सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि हिजोबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी ब्यवस्था मिलाइएको छ। डिसी नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x