चलचित्र ‘माग्ने राजा’ मा मिस पबी अनुबन्धित

उनी टिकटक देखि मोडलिङसम्म चर्चित रहेकी वास्तविक नाम पवित्रा शाँखी भए पनि मिस पबी नामबाट चिनिएकी चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएकी हुन्
मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहेकी छन्। उनले डेब्यु गर्ने बताइएको चलचित्र ‘राजमहल’ घोषणा गरिएको भए पनि निर्माण भने हुनसकेको छैन। मिस पबीले टिभी शृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी थिइन् भने केही म्युजिक भिडियोमा उनको अभिनय रहेको छ।
ऋषि लामिछानेले निर्देशन गर्ने माग्ने राजा’मा मा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी अनुबन्धित भइसकेका छन्। यो चलचित्रमा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक लामिछानेले जानकारी गराए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE