शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

टी-२० विश्वकपः भारतसङ्ग आयरल्याण्ड ८ विकेटले पराजित

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

बिहीबार २४ जेठ २०८१

काठमाडौं / भारतसङ्ग आयरल्याण्ड ८ बिकेटले पराजित भएको छ। अमेरिका वेष्ट इन्डिजमा संयुक्त रुपमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरूवात गरेका छन ।

समूह ए को खेल अन्तरगत न्युयोर्कमा भएको खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गर्‍यो। भारतको सहज जितमा कप्तान रोहित शर्माले ५२ रन बनाउँदा चोटका कारण बाहिरिएका थिए। त्यस्तै रिसव पन्तले नट आउट ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क एदेर र बेन ह्वाइटले एक/एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटिएको थियो। आयरल्याण्डलाई सस्तोमा समेट्न हार्दिक पाण्ड्याले ३ विकेट लिंदा अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ विकेट लिए।

समूह एमा अमेरिका, क्यानडा, आयरल्याण्ड र पाकिस्तान छन् । विश्वकप अन्तरगत समूह बी को खेलमा अहिले अष्ट्रेलिया र ओमानबीच ब्रिजटाउनमा जारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x