बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपाल र भारतबीचको ऐतिहासिक, साँस्कृतिक र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने बेला आएको छ : अध्यक्ष साह 

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

 

सोमबार १९ कार्तिक २०२१

काठमाडौँ / पूर्व सांसद, संविधानसभाका स्थायी सदस्य तथा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले नेपाल–भारत र ग्लोबल ब्रदरहुडबारे छलफल गर्दै नेपाल र भारतबीचको ऐतिहासिक, साँस्कृतिक र पारिवारिक सम्बन्ध सदैव गहिरो रहेको र यो सम्बन्धलाई थप मजबुत बनाउने बेला आएको बताउनुभएका छन ।

उनी दिल्ली भ्रमणका क्रममा पत्रकार तथा लेखक प्रा एसएस डोग्रासँग भेट गरेका छन् । यस विशेष अन्तरक्रियामा उनीहरुले नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्ने र विश्वव्यापी भ्रातृत्व प्रवर्द्धन गर्ने उपायबारे छलफल गरेका थिए । छलफलमा दुई देशबीचको आपसी सम्बन्धका साथै समाज र राष्ट्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो ।
कुराकानीका क्रममा हरिचरण शाहले नेपाल र भारतबीचको ऐतिहासिक, साँस्कृतिक र पारिवारिक सम्बन्ध सदैव गहिरो रहेको र यो सम्बन्धलाई थप मजबुत बनाउने बेला आएको बताए । विश्व स्तरमा शान्ति र समृद्धि कायम गर्न दुई देशबीचको आपसी सहयोगको महत्त्वमा जोड दिइएको थियो।

बैठकमा उपस्थित समाजसेवी उमेशकुमारले दुवै राष्ट्रका नागरिकबीच भाइचारा र सद्भावलाई मजबुत बनाउने उद्देश्यले सामाजिक विकास, आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदान अभिवृद्धि गर्न सुझाव दिएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x