बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

भाई रविलाई भेट्न पोखरा गए हरिशरण लामिछाने 

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

आइतबार १८ कार्तिक २०८१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न दाइ हरिशरण लामिछाने पोखरा गएका छन । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको तिहार हिरासतमै बित्ने भएपछि भेटघाटको लागि दाई हरिशरण पोखरा जान गएका हुन् ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका रविको तिहार हिरासतमै बित्ने भएको हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बित्न लागेको हो ।

रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० गते उनलाई प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सो दिन अदालतमा उनको म्याद थप सम्बन्धी बहस हुनेछ । म्याद थप भएको खण्डमा उनलाई कात्तिक १५ गतेदेखि नै लागु हुने गरी म्याद थपिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x