बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

यमपञ्चककाे दाेस्राे दिन : आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

बिहीबार १५ कात्तिक २०८१

काठमाडौं / नेपालहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा  यमपञ्चक र धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ ।

कात्तिक कृष्ण चतुर्दशी मनाइए पनि बिहीबार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

बिहीबार बिहान औंसी तिथि भए पनि बिहानको  समयमा प्रतिपदा तिथि लाग्नेछ । कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा\आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातको रुपमा लिइन्छ ।

अँध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइने प्रचलन छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x