शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दशैं बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

Spread the love

मग्गलबार २९ असोज २०८१

काठमाडौं। आजदेखि दशैंको सार्बजनिक बिदा सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादशैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन्।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x