शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

त्रिभुवन विमानस्थलको सेवामा भोलिदेखि नै सुधार देखिनु पर्छ:पर्यटनमन्त्रीको निर्देशन 

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवामा थप सुधार ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) बिहान एयरपोर्टमा पुगेर मन्त्री पाण्डेले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्ययन प्राधिकरण, निजी सेवा प्रदायक संस्था, सुरक्षा निकाय र अन्य संवद्ध पक्षसँग छलफल गरी यात्रुहरूलाई उत्कृष्ट सेवा दिन विशेष ध्यान दिन आग्रह गरे ।

मन्त्री पाण्डेले नेपालमा आउने पर्यटकलाई शक्तिशाली सन्देशवाहकको रूपमा लिँदै, उनीहरूलाई सेवा दिने मामिलामा कुनै कमी हुन नदिन चेतावनी दिए । उनले चाडबाडका समयमा एकतर्फी भाडाका समस्या समाधानका लागि उपयुक्त उपाय खोज्न पनि सरकार तत्पर रहेको बताउँदै, यात्रु सेवा थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

‘पर्यटक भनेको शक्तिशाली सन्देशवाहक हुन्’, मन्त्री पाण्डेले भने, ‘हामीले एयरपोर्ट सेवामा सुधार गरिरहेका छौं, तर अझै सुधार गर्नुपर्ने देखिन्छ । यात्रुहरूको सेवा चुस्त बनाउन सबै निकाय एकजुट भएर काम गर्न जरुरी छ ।’ विमानस्थलमा भोलिदेखि नै सेवा सुधारका संकेतहरू देखिनुपर्ने भन्दै मन्त्री पाण्डेले सुरक्षाकर्मी, विमानस्थल प्रशासन, एयरलाइन्स र यातायात क्षेत्रका मजदुरहरूसँग सहकार्य गरी यात्रु सेवा सुधारमा काम गरिने जनाए । मन्त्री पाण्डेले हवाई उड्डयनको क्षेत्रमा सरकारले अझै धेरै काम गर्न बाँकी रहेको पनि उल्लेख गरे । पूर्वेली न्युजबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x