सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

साहित्यकार,शिक्षासेवी सुन्दर खड्काको ‘कालिन्चोकका डाफे मुनाल’ गित सार्बजनिक

  • 169
  •  
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares

एन्टिना घनश्याम

शनिबार १२ असोज २०८१

काठमाडौँ / नयाँ पुस्तामाझ लोकप्रयि गायिका अस्मिता अधिकारीको कालिन्चोकका डाफे मुनाल र सुरमय सङ्गीत दिने गायक नरहरी प्रेमीको आवाज तथा दोलखामा रहेर साहित्य सृर्जनामा सक्रिय रहेका शिक्षासेवी सुन्दर खड्काको रचनामा दोलखाका विभिन्न पर्यटकीय स्थलहरु समेटिएको गीत कालिन्चोकका डाफे मुनाल … को अडियो भिडियो भर्खरै सार्बजनिक भएको छ।

 

वेभ रेकर्डिङ स्टुडियाे अनामनगरमा एरेन्जर नरेन्द्र योगीको व्यवस्थापनमा रेकर्ड र समीर कार्कीद्वारा रेकर्ड गरिएको गीतका विभिन्न पक्षसँगको सहकार्य र समन्वयमा गरिएकाे थियो।दोलखा जिल्ला युवा समतिका अध्यक्ष भरत रोन श्रेष्ठ र एसएस फाउण्डेसन, दोलखाका अध्यक्ष नवराज खड्काले समेत समन्वय गरेका छन ।

पहिलो चरणमा गीतको श्रव्य सामग्री तयार गरी दोलखाका विभिन्न स्थानमा छायाङ्कन गरी श्रव्यदृष्य सहितको गीत आज सार्बजनिक गरिएको हो। दोलखा वर्णित गीतले दोलखाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्नुका साथै नयाँ गन्तव्यको प्रचार गर्ने र केही स्थापित केही ओझेलमा परेका स्थलहरुको चर्चा गरिएको छ । दोलखाका पुराना तर ओझेलमा परेका ठाउँहरु सुन्द्रावती झरना, चौघरा दरबारको महत्त्व झल्काउने शब्द संयोजन गरिएको छ । त्यसैगरी नयाँ गन्तव्यको रुपमा विकास हुदै गरेका पर्यटकीय स्थलहरु जस्तै श्रीङ्गी ऋषिको गुफा भएको शुरुङ्गे, आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भोर्ले झरना, शैलुङको सय थुम्का मिनिग्रेटवाल, गोल्मास्थान, दोलखाका शितलबस्ती, चर्चामा ल्याउन खोजिएको छ । मान्छेको जनजीविकामा जोडिएका दाइँ गर्ने प्रचलन, सिंगटीमा पाइने माछा चरिकोटबासीलाई कोसेलीकै रुपमा ल्याउने प्रचलनलाई गीतमा मायाप्रेमसँग जोडिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिएका गौरीशङ्कर हिमाल, तामाकोसी नदी, कालिञ्चाेक, शैलुङ, हनुमन्ते, लगायतलाई वर्णन गरिएको छ। दोलखामै जन्मिएका चर्चित मोडेल सन्जिब ठकुरी र बबिता गुरुङले मोडलिङ गरेको उक्त गितको म्युजिक भिडियोलाइ अर्पण तामाङले निर्देसन गरेका हुन। राजधानीको हार्दिक होटेल बागबजारको हलमा दोलखाको विभिन्न स्थानीय निकायका प्रमुख,उपप्रमुख, दोलखा जिल्लामा जन्मेका बरिस्ठ कलाकार मदनदास श्रेष्ठ , रास्ट्रीय सभाकी उपाध्यक्ष माननीय बिमला घिमिरे लगायतको उपस्थितिमा गितको भिडियो सार्बजनिक भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x