शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

ओली सरकारको साम्प्रदायिक हर्कतले नेपाली जनता बंगलादेश झै सड़कमा उत्रिन सक्ने : प्रभु साह

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

 

मङ्गलबार १ असोज २०८१

काठमाडौ / आम जनता पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री केपि शर्मा ओली
सरकारलाई साम्प्रदायिक हर्कत गरेको आरोप लागाएका छन ।

आज बिहानै फेसबुक स्टाटस मार्फत
पहाडी जिल्लाहरुमा १८ बिधार्थीमा १ शिक्षकको दरबन्दी बितरण र मधेसमा १ सय बिधार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको आरोप लागाएका हुन । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एऊटा कक्षा कोठामा १ सय देखि ३ सयसम्म बिधार्थी कोचेर पठनपाठन गर्न बाध्य रहेको लेखेका छन ।

वहाँले लेख्नुभएको छ,आफैले बनाएको बिधार्थी-शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेकोछ । यस साम्प्रदायिक विभेदका बिरुद्ध आम बिधार्थी मोर्चाले प्रत्येक जिल्ला मार्फ़त सरकारलाई ‘बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीका लागि’ ज्ञापनपत्र बुझाएको र शिक्षा मन्त्रीलाई विशेष ध्यानाकर्षण गराई शैक्षिक आन्दोलन अगाड़ी बढ़ाई रहेको सन्दर्भमा उक्त जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने जुन हर्कत गरिरहेको छ, त्यो निन्दनीय छ । ओली सरकारको यस मधेस विरोधी साम्प्रदायिक कुकर्मको सर्वप्रथम भर्त्सना गर्दछु र आन्दोलनकारीलाई तर्साउनु भन्दा पनि सरकारी मापदण्ड अनुसार शिक्षक दरबन्दीको ब्यवस्था गर्न विशेष माग गर्दछु । अन्यथा नेपाली जनता बंगलादेश झै सड़कमा उत्रिन बाध्य हुने बिश्वास प्रकट गर्दछु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv