शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

messenger sharing button
शुक्रबार २३ जेठ २०७२

काठमाडौं / संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ, भन्ने राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ।

आजको  सो बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्।

राष्ट्रियसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवराेध गर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा अध्यागमनका महानिर्देशक एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेसँगै विपक्षी दलहरूको गृहमन्त्री लेखकमाथि पनि आशंका छ।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका बेला विपक्षीहरूले भने गृहमन्त्रीको राजीनामाको माग गर्दै १० दिनदेखि संसद्मा अवरोध गर्दै आएका छन्।

बिहीबार पनि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए।

सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहे पनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो।

विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् भिजिट भिसा प्रकरणमा कुनै उजुरी नपरेका तथा अख्तियारको छानविनको दायरामा समेत नरहेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीले संसद् अवरुद्ध गर्दै आएको छ।

यो प्रकरण छानविन गर्न अख्तियारले जेठ ७ गते अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर त्यसैदिन छाडेको थियो। भट्टराईमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ। भट्टराईसँग सुरुमै अख्तियारले प्रारम्भिक बयान लियो। उनले प्रयोग गरेका मोबाइल, ल्यापटसहितका डिभाइसमाथि पनि अनुसन्धान भइरहेको छ।

जेठ १९ गते पहिलो बयान लिएको अख्तियारले २५ गते अर्को बयान तय गरेको छ। तर, विपक्षीले गृह मन्त्रालय मातहतको प्रकरण भएकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा र लेखकमाथि अनुसन्धानका लागि छानविन समितिको माग गर्दै आएका छन्।

जसकारण १० दिनदेखि संसद् अवरुद्ध छ। संवैधानिक बाध्यताका कारण जेठ १५ गतेको बजेटमा विपक्षीले अवरोध नगरे पनि त्यसयता भने संसद् निरन्तर अवरुद्ध भइरहेको छ।

अख्तियार छानविनमै रहे पनि बाहिर हल्ला भएजसरी पर्याप्त प्रमाण पुर्‍याएर अनुसन्धानलाई निचोडमा पुगिहाल्ने अवस्था छैन। विपक्षी दल जसरी पनि गृहमन्त्रीको राजीनामा गराउने र छानविन समिति गठन गराएरै छाड्ने रणनीतिमा छन्। तर, सत्तापक्ष भने विपक्षीको माग कुनै पनि हालतमा पूरा नहुने अडानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x