शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

काभा महिला भलिबल: आज नेपालले इरानसङ्ग भिड्दै

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

आइतबार २० साउन २०८१

काठमाडौं / नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानसङ्ग सामना गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार साँझ ५: १५ बजेदेखि यो खेल हुने छ।

जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ।

नेपालले शनिबार सम्पन्न यो खेलमा भारतमाथि ३-२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसपछि पहिलो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो।

आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।

नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x