घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


बिहीवार १७ साउन २०८१
काठमाडौ / नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको छ। त्यस्तै, हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
यसअघि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८ रहेको थियो भने अब घटेर १६७ कायम गरिएको छ।
यसैगरी सुर्खेत र दाङ क्षेत्रमा १७० मूल्य रहेको थियो भने अब १६९ पुगेको छ। त्यस्तै, पोखरा, काठमाडौं र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १७१ रहेको थियो भने घटेर १७० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १५७ रहेकोमा अहिले १५५ रुपैयाँ पुगेको छ।
यसैगरी सुर्खेत र दाङ क्षेत्रमा १५९ रहेकोमा घटेर १५७ रुपैयाँ पुगेको छ। त्यस्तै, पोखरा, काठमाडौं, दिपायल क्षेत्रमा १६० रुपैयाँ रहेकामा घटेर १५८ पुगेको निगमले जनाएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE