अनु चौधरीको स्वरमा हिन्दी गित ‘बहुरानी’ सार्वजनिक

आइतबार २० जेष्ठ २०८१,
काठमाडौ / अनु चौधरीको स्वरमा हिन्दी गित ‘बहुरानी’ सार्वजनिक सार्बजनिक गरेको छ ।
केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेसङ्गै गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको हो ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ्न भन्ने गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ। केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ। भिडियोमा बुद्ध थापाको छायांकन साथै मिलन विश्वकर्माको सम्पादन रहेको छ।
समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन्।
एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्यालाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहुनिमार्ण गरिएको छ। एउटी बुहारी पनि कसैकी छोरी हो। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन भन्ने सन्देश गीतमा रहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE