बिनोद चौधरीको संयोजत्वमा ३५ सदस्य सहित आम पेन्टर श्रमिक संघ गठन


आइतबार ६ जेष्ठ २०८१,
काठमाडौं / आम जनता पार्टी निकट आम ट्रेड युनियन फेडरेशन नेपालको घटक संगठन आम पेन्टर श्रमिक संघ गठन भएको छ। बिनोद चौधरीको संयोजत्वमा पैतिस सदस्य समिती गठन भएको हो।यहि जेठ ५ गते शनिबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि आजपाका अध्यक्ष प्रभु साह,बिशिस्ट अतिथिमा उपाध्यक्ष तिलक थापा मगर,अतिथिहरुमा आम ट्रेड युनियन फेडेरेसन नेपालका इन्चार्ज धन कुमारी मगर,महासचिव तेज नारायण चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आजपा अध्यक्ष प्रभु साहले दिनहुँ हजारौं श्रमिक बिदेशीनु दु:खद रहेको भन्दै स्वदेशमै रोजगारी सृजना गरेर आत्म निर्भर बनाउनुपर्नेमा जोड दिए।त्यस्तै अर्का बिशिस्ट अतिथी तिलक थापा मगरले श्रमिकहरुकै कारण गणतन्त्र स्थापित भएको भन्दै सरकारले श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्नुपर्ने बताए।कार्यक्रममा बोल्ने अधिकाङ्स नेताहरुले श्रमिकहरुको अधिकारको बारेमा बोलेका थिए।कार्यक्रम सन्चालन प्रमोद राज घिमिरेले गरेका थिए।
केही तस्बिरहरु:
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE