भक्तपुर / आम जनता पार्टी निकट भातृ संगठनक आम जनजाति महासंघको बिस्तारित बैठक भक्तपुरको सुर्यबिनायकमा सम्पन्न भएको छ ।

“आम उत्पीडित जातजाति एक हौ” भन्ने मुल नारा सहित आम जनजाति महासंघको बिस्तारित बैठक भक्तपुरको सुर्यबिनायकमा बैठकले यहि आउदो चैत २४ गते जन आन्दोलन दिवसको अवसरमा भ्रस्टाचार र लुटतन्त्रको बिरुद्ध खबरदारी स्वरुप आम जनता पार्टीले गर्ने जन प्रदर्शनमा आम जनजाति महासंघको तर्फबाट पार्टी उपमहासचिव ज्ञानेन्द्र  तामाङको संयोजकमा १०१ सदस्यीय संघर्ष  समित चयन गरेको छ।

उक्त समितिले चैत २४ गते काठमाडौंको भृकुटीमण्डपमा लाखौको संख्यामा जनता उतार्ने ठोकुवा गरेका छन । बैठकमा प्रमुख अतिथि पुर्व मन्त्री, साम्सद तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश लुटेरा नेताहरुको कारण आम जनताहरुले सास्ती दु:ख पाएको भन्दै अब हामीले आफुलाई नै प्रश्न गर्ने बेला आएको सुनाए ।साहले आम जनजाती ,उत्पीडितहरुको संघर्षले ल्याएको संविधानको दुरुपयोग गरेर समानुपातिक प्रतिनिधित्वमाथी लात हानेको उल्लेख गरे।अर्का बिशेष अतिथी पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले अहिलेको ब्यबस्था परिवर्तन गर्नुपर्ने बताउदै  अब भ्रष्टाचारी नेताहरुलाई सिंहदरबारबाट थुतेर सडकमा ल्याउनुपर्ने बताए।आम ट्रेड युनियन फेडेरेसनका इन्चार्ज धनकुमारी मगरले बिगतमा भएका आन्दोलनबाट उपलब्धिलाई नेताहरूले वास्ता नगरेको कारण आम जनता, आदिवासी उत्पीडितहरुले दु:ख झेल्नुपरेको बताईन।

अर्का बक्ता आम जनता पार्टीकि सचिब देबी पण्डितले भ्रष्टाचारी नेताहरुका कारण उधोग कलकारखाना बन्द भएको भन्दै यहाँ महिलाहरू सुरक्षित नरहेको गुनासो गरिन ।उक्त पार्टीका उपमहासचिव ज्ञानेन्द्र  तामाङले चुनावमा बिचार गरेर मात्र भोट दिनुपर्ने बताए। बैठकको संचालन आइटी आर्मीका सचिब प्रशान्त तिमिल्सिनाले गरेका थिए भने आम जनजाती महासंघका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा बैठक सम्पन्न भएको थियो।