सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रास्वपाबाट रमेश खरेलले दिए राजीनामा

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

बुधबार १४ चैत २०८०

काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले राजीनामा दिएका  छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि खरेलले राजीनामा बुझाएका हुन।
खरेलल

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।
खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डा. मुकुल ढकालले बताए।

‘उहाँसँग स्पष्टीकरण सोधिएको थियो,’ महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु,’ राजीनामा पत्रमा खरेलले उल्लेख गरेका छन्, ‘यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x