शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

गरिब गुरुवाका लागि पशुपतिमा चाडै नै शुरु हुने भयो निशुल्क स्वस्थ्य सेवा 

Spread the love

बुधबार ७ चैत २०८०

काठमाडौं / पशुपतिनाथ क्षेत्रमा निशुल्क स्वस्थ्य सेवा,भोजन सेवा  तथा सरसफाइ अभियानको मुल लक्ष्य लिएर बिश्व शान्ति एबम राष्ट्रको सङ्कट मोचनको निम्ति  ” सहयात्रा राष्ट्रका लागि युवा” द्वारा गरिएको एक हप्ता ” श्रीगीता ज्ञानबिज्ञान  नेपाल महिमा महायज्ञ आज सम्पन्न भएको छ। चैत १ गते देखि चैत ७ गतेसम्म भएको महायज्ञमा   राष्ट्रिय सास्कृतिक संरक्षण तथा सामाजिक  धार्मिक बिकास  मातृभुमी नेपालका झाँक्री माताहरुबाट विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो।महायज्ञ   समारोहमा बोल्दै सङ्कल्पकर्ता डाक्टर निकोलस भुसालले गरिबीकै कारण अब प्रत्येक नेपालीले ज्यान गुमाउन नपरोस् भनेर आफुहरुले निशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउन आजैबाट हस्पिटल बनाउन लागिएको बताए ।सो महायज्ञ लगत्तै हस्पिटल निर्माणका लागि उद्घाटन समेत गरिएको थियो। उक्त महायज्ञमा संयोजकको भुमिका  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष  राजेन्द्र मल्लले गरेका थिए ।महायज्ञमा
ॐ हस्पिटलका संस्थापक डा.भोला रिजाल , बैज्ञानिक
कपिल पौडेल लगायतले आआफ्नो क्षेत्र बाट सहयोग गर्ने आश्वासन दिएका थिए। महायज्ञमा बोल्ने अधिकाङ्स बक्ताहरुले सरकारले गर्नुपर्ने काम आम सचेत युवाहरुले गर्नुपरेको बताए। महायज्ञमा प्रसिद्ध धर्मचार्य आचार्य श्री चैतन्य कृष्ण जि  र अर्का प्रसिद्ध धर्मचार्य आचार्य योगी श्रीषनाथ सान्निध्यद्वारा दैनिक रुपमा प्रबचन  दिइएको  थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x