शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कमला पौडेलका तीन मुक्तक

  • 81
  •  
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

शनिबार ३० मंसिर २०८०

मुक्तक-(१)
गरिबको मजदुरी अनि धनीको कुरिकुरि हुनसक्छ
गहिरिएर हेर समानतामा पनि कतै दुरी हुनसक्छ
बाध्यतालाई मजाक बनाउनेहरु होसियार बन्ने गर,
होइन भने त नम्र बोलीवचन पनि छुरी हुन सक्छ

मुक्तक-(२)
कुसंस्कार र कुरितिले सबलाई खाएको पो देख्छु
फेसनको नाममा कपडा उधारेर लाएको पो देख्छु
टेकेको धरातल बिर्सिएर भन्दा उल्टो जमाना होनि,
कठै निर्दोष समयले नै अबजस पाएको पो देख्छु

मुक्तक-(३)
मैलो झुत्रो एकजोड कपडा घरीघरी लगाउनु पर्छ
नजिक आउनै नपाई कैयौंपटक खुसी भगाउनु पर्छ
तिम्रो जस्तो रङ्गिचङ्गी जीवन होइन नि त साथी मेरो,
देखावटी मुस्कानको लागि सदा आँसु बगाउनु पर्छ

कमला पौडेल उर्लेनी बागलुङ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x