शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

करौडोको कपडा सहित एक ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

 

पवन प्रसाद साह

वीरगञ्ज / अन्दाजी ७० लाखको कपडा सहित एक ट्रक सशस्त्र प्रहरी पर्साले‌ नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं २५ बहुअरी स्थित प्र.सि.सु. गुल्म अलौबाट खटिएका गाडी मोबाईल टोलीले ना.८ ख.३९७८ नं.को ट्रक काडमाण्डौ तर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

विल विजकमा संकास्पद देखिएकोले मुल्य रु  ७० लाख बराबरको कपडा र अन्दाजी मुल्य रु.४० लाख गरी जम्मा अन्दाजी मुल्य १ करोड १० लाख मूल्य बराबरको सामान सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x