आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, पुनर्गठन आवश्यक : जनार्दन शर्मा

Spread the love

सोमबार १५ असार २०८३
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको टिप्पणी गरेका छन्।
सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न नयाँ अभियान आवश्यक रहेको बताए।
उनले नेपालमा एक समय करिब ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्त जनमत रहे पनि अहिले त्यो आधार विघटन भइसकेको दाबी गरे।
“नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन्। ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत थियो, अहिले विघटन भइसकेको छ। यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता छ,” उनले भने।
शर्माले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन पार्टीको व्यापक पुनर्गठन र वैचारिक रूपान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x