बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

पश्चिमी न्यून चापीय प्रभावले देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

शनिबार २३ जेठ २०८३
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार विशेषगरी कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यता, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा दिनको समयमा गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x