बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

कांग्रेस अनुशासन समितिको बैठक आज, अन्तर्घात र अनुशासन उल्लंघनका उजुरीमाथि छलफल

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

बिहीबार २१ जेठ २०८३
काठमाडौं । पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद चुलिएका बेला नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक आज बस्दै छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्र देखिएका अनुशासनहीनता, गुटगत असन्तुष्टि तथा नेतृत्वविरुद्ध सार्वजनिक रूपमा व्यक्त गरिएका अभिव्यक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
बैठकको मुख्य एजेन्डामा विभिन्न तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा दर्ता भएका पुराना उजुरीहरू तथा पछिल्लो समय नेताहरू र कार्यकर्ताविरुद्ध परेका नयाँ उजुरीहरूको समीक्षा रहेको छ। प्राप्त उजुरीहरूको छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ।
अनुशासन समितिले देशभरबाट प्राप्त उजुरीहरूको वर्गीकरण, अनुसन्धान प्रक्रिया र भावी कार्ययोजनाबारे विस्तृत छलफल गर्नेछ। पार्टीभित्र अनुशासन कायम राख्ने र संगठनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ बैठक बोलाइएको जनाइएको छ।
कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र गुटगत विवादका कारण अनुशासन समितिको भूमिका विगतदेखि नै चुनौतीपूर्ण रहँदै आएको छ। एक पक्षले अनुशासनको नाममा राजनीतिक प्रतिशोधको प्रयास हुने गरेको आरोप लगाउँदै आएको अवस्थामा आजको बैठकलाई पार्टी वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
बैठकबाट हुने निर्णय र कारबाहीले कांग्रेसभित्र बढ्दो आन्तरिक विवादलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउने वा थप विवाद निम्त्याउने भन्ने विषय आगामी दिनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x