शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नाउपा र जनमत पार्टी बीच एकीकरण गर्ने निर्णय

  • 148
  •  
  •  
  •  
  •  
  •  
  •  
    148
    Shares

मङ्गलबार १२ चैत २०८१

काठमाडौं / जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकता गर्ने निर्णय गरेका छन्। जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम लाल चौधरीलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद पश्चात् पार्टी एकतालाई अन्तिम रूप दिएको हो।

अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरेको जानकारी दिइन्। उनले भनिन्, “नाउपा र जनमत पार्टी एकता गर्ने निर्णय भएको छ। चुनाव चिह्न र पार्टीको नाम छलफलकै क्रममा छ। एकता गर्न दुवै पार्टी सम्मिलित कार्यदल मात्रै गठन गरेका छौं।”

अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गंगाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन्। उनले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताइन्। पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उनले बताइन्।

सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरको थारू आन्दोलनबाट उठेको पार्टी नाउपा र मधेशको पृथकतावादी आन्दोलनबाट उठेको जनमत पार्टी एकता गर्ने अवस्थामा पुगेका छन्।

नाउपाका अध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सँग भने तत्काल एकता नहुने जानकारी दिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x