सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ

काठमाडौँ / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउने आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर रहने बताए। उनले विरोध गरेकै कारण निलम्बन हुन परे पनि त्यसका लागि तयार रहेको स्पष्ट पारे।
सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले गरेको रुलिङप्रति पनि उनको असन्तुष्टि छ। “सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार छौँ,” उनले भने।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायतका विषयमा आफूहरूले उठाएका प्रश्नको जवाफ नआएकाले विरोध गर्नुपरेको साम्पाङको भनाइ छ। उनले जनताका प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE