सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए राष्ट्रपतिबाट शपथ

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

 

काठमाडौं / सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदको शपथ गराएका हुन्।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समितिबाट नाम सर्वसम्मत अनुमोदन भएलगत्तै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढेको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदाधिकारी र संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो।

राष्ट्रपतिबाट शपथ लिएसँगै नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x